पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने

पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने

पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा रहेको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको आजको बैठकले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय गरेको हो ।

समितिका सदस्य एवं अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राखेर तत्काल वितरण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो । केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको अध्यक्षतामा भएको बैठकले शिक्षक तथा पुस्तक बिक्रेतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि आग्रह  गरेको छ ।

आउँदो असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी भए पनि पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन । कोरोना महामारीका कारण पाठ्यपुस्तक ढुवानीमा समस्या भइरहेको छ । यसैगरी पाठ्यक्रम विकास केन्द्रले सूचना निकालेर स्वीकृत पाठ्यपुस्तक मात्रै बिक्रीवितरण र पठनपाठन गराउन र नेपालको नयाँ नक्सा समावेश भएका पुस्तक मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।