लकडाउन हटेसँगै छायांकनमा जुटे अक्षय कुमार

लकडाउन हटेसँगै छायांकनमा जुटे अक्षय कुमार

 कोरोनाको संक्रमण घटेपछि भारतको मुम्बईमा लकडाउन हटाइएको छ । धेरैभन्दा धेरैलाई खोप लगाएर मुम्बईको बजार विस्तारै खुल्न थालेका छन् । यसै क्रममा अब मुम्बईमा बलिउडकर्मीले छायांकन गर्न पाउने भएका छन् ।

यस्तै अभिनेता अक्षय कुमारको फिल्म पृथ्वीराजको छायांकन यसै साताबाट सुरु हुने भएको छ । सो फिल्मको सेट अहिले धमाधम निर्माण भइरहेको छ । अभिनेता अक्षय कुमारले फिल्मको सेटको निरीक्षण गर्दै केही दिनमा आफूहरू छायांकनमा उत्रने बताएका छन् ।

यता फिल्मको छायांकन तयारीमा जुटेका अक्षय कुमारले पृथ्वीराज युनिटको सम्पूर्णलाई कोरोनाविरुद्ध खोप लगाएर मात्र काम गर्न माग गरेका छन् । उनको मागलाई निर्माण पक्षले स्वीकार गरिसकेको छ ।