सुदूरपश्चिम प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने सांसद देबकी मल्लको माग

सुदूरपश्चिम प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने सांसद देबकी मल्लको माग

 सुदूरपश्चिम प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ । प्रदेश सभा बैठकमा बोल्दै सत्तारुढ माओवादी केन्द्रकी सांसद देबकी मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनु पर्ने माग गरेकी हुन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद मल्लले आयस्रोत, जीवन निर्वाहका लागि गाँजा खेती जरुरी रहेको बताईन् । उनले गाँजा खेतीका लागि सुदूरपश्चिम र बझाङका लागि असाध्यै महत्वपूर्ण रहेकोले प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

नेपालले सन् १९७६ मा लागूऔषध नियन्त्रण सम्बन्धी कानुन बनाएपछि गाँजा खेती प्रतिबन्धित छ । गाँजाको खेती, भण्डारण, सेवन र बिक्रि वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानिएको उक्त ऐन अनुसार २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यो भन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार जरिवाना हुनसक्ने नियम छ । तर कतिपय ग्रामीण क्षेत्रमा भने गाँजा खेती गर्ने गरिएको छ ।