गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी : दीपक मनाङे पुनः खेलकुद मन्त्री बन्दै

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी : दीपक मनाङे पुनः खेलकुद मन्त्री बन्दै

गण्डकी प्रदेशमा नयाँ सरकार गठनसँगै स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री हुने भएका छन् । शनिबार प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा मनाङे पहिलो नम्बरमा रहेका छन् ।

नयाँ सरकार गठनमा मनाङेको समर्थनका कारण नै सम्भव भएकाले उनलाई पहिले नै मन्त्री बनाइने पक्का भएको थियो । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङलेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए । अहिले पनि उनलाई उहीँ मन्त्रालय दिने तयारी गरिएको छ ।

उनी पछि जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसद हरिशरण आचार्य रहेका छन् । उनीहरुलाई कुन मन्त्रालय दिने भन्नेमा टुंगो लगाउने काम भइरहेको छ भने माओवादी केन्द्र भने छलफलमा रहेको छ ।

नयाँ सरकार गठनमा सहयोग गर्ने राष्ट्रिय जनमोर्चा भने सरकारमा सामेल नहुने भनिसकेको छ ।