देशभर सक्रिय बन्यो मनसुन,हेर्नुहोस यस्तो छ मंगलबार सम्मको मौसम पूर्वानुमान

देशभर सक्रिय बन्यो मनसुन,हेर्नुहोस यस्तो छ मंगलबार सम्मको मौसम पूर्वानुमान

 मनसुन देशभर फैलिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शुक्रबार पूर्वी नेपालबाट भित्रिएको मनसुन प्रदेश १, २ बागमती र लुम्बिनी प्रदेशका पूर्वी भूभाग फैलिएको छ ।

मनसुन देशभर फैलिने क्रममा रहेको र मंगलबारसम्म मुलुकभर कायम रहने मौसमविद्ले जानकारी दिएका छन् । यसपटक मनसुन भित्रिएसँगै सक्रिय बनेपछि पानी पर्न थालेको छ ।

काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार पानी परेको थियो। आइतबार पनि देशभर बदली रहेको छ । धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

‘देशका धेरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा ठूलो पानी पर्ने म्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

मौसम विद्हरुका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेकोमा प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा ठूलो पानी पर्नेछ।

राति पनि मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ । सोमबार प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो पानी पर्नेछ । मंगलबार देशभर बदली रहनेछ ।

देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।