कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङको गोदाममा चाप, कृषक मल अभावमा

कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङको गोदाममा चाप, कृषक मल अभावमा

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा रसायनिक मलको मौज्दात घटेको छ । यो बर्ष पनि कृषकहरुबाट मलको अत्याधिक माग भएपछि गोदाममा उच्च चाप परेको हो ।

कृषि सामग्री र साल्ट ट्रेडिङसंग हाल (युरिया, डिएपी र पोटास) गरी ७१ हजार मेट्रिक टन मात्र रसायनिक मलको मौज्दात छ । धान रोपाईको समय शुरु भएसंगै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा रसायनिक मलको चाप परेको हो ।

सरकारले यो बर्ष एघार अर्ब रुपैयाँको मल आयात गर्न कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेसनलाई रकम निकासा दिएको छ । चालु आर्थिक बर्षको जेठ सम्ममा करीव नौ अर्व रुपैंयाँको मल आयात भइसकेको छ ।

यो बर्ष सरकारले चार लाख मेट्रिक टन मल आयात गर्न एघार अर्व रुर्पैया निकासा गरेको हो । कृषि सामग्री कम्पनी र साल्ट टे«डिङका अनुसार यी दुवै संस्थको गोदाममा हाल ३० हजार मेट्रिक टन युरिया, ४४ हजार मेट्रिक टन डिएपी र ७ हजार मेट्रिक टन पोटास मल स्टोरमा छन ।

तर घान खेतीको लागि मात्र १ लाख मेट्रिक टन युरिया मल चाहिन्छ । अहिले बंगलदेशबाट ३२ हजार ५ सय मेट्रिक टन मल आयात भएको छ भने बंगलादेशबाट थप १९ हजार मेट्रिक टन मल आउने क्रममा छ ।

कृषि सामग्रीको स्टोरमा अहिले १७ हजार ९ सय मेट्रिक टन युरिया, ३२ हजार ७ सय मेट्रिक टन डिएपी मल र ३ हजार ९ सय मेट्रिक टन मात्र पोटास मलको मौज्दात छ । कृषि सामग्री केन्द्र र साल्ट टे«डिङ दुवै संस्थाले यो बर्ष रसायनिक मलको अभाव नहुने दावी गरेका छन् ।

कृषि सामग्री र साल्ट टे«डिङले यो बर्ष मलको अभाव नहुने दावी गरे पनि देशभरका कृषकहरुले भने मलको अभाव भएको गुनासो गरेका छन् । कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङले मल आपूर्ति र ढुवानीलाई प्रभावकारी बनाउन सबैं कार्यलयहरुलाई परिचालन गरेको बताए पनि सबै प्रदेश र स्थानीय तहमा मलको अभाव हुन थालेको छ ।

स्थानीय तह र पालिकाहरुल पनि रसायनिक मलको बिक्री बितरणमा सकृयता नदेखाएकोले कृषकहरु बढी समस्यामा परेका हुन् ।