विश्वकप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली आज स्वदेश फर्किँदै

विश्वकप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली आज स्वदेश फर्किँदै

फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुग्ने भएको छ ।  नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाण्डौ ओर्लने छ ।

नेपालले चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

छनोटको खेलअघि इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो । छनोटको समूह 'बी'मा रहेको नेपालले ८ खेलमा ६ अङ्क जोड्यो ।

नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना सकिसकेको छ तर प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।