कोरोनाविरुद्धको खोपले कति समयसम्म सुरक्षा दिन्छ ? डब्लूएचओ यसो भन्छ

कोरोनाविरुद्धको खोपले कति समयसम्म सुरक्षा दिन्छ ? डब्लूएचओ यसो भन्छ

कोरोना भाइरसविरुद्धको खोपको सुरक्षाको विषयलाई लिएर विश्व स्वास्थ्य संगठन डब्लूएचओले एक बयान जारी गरेको छ।

डब्लूएचओका अनुसार कोरोनाविरुद्धको खोपले मानिसलाई कोरोनाबाट हुने मृत्युबाट जोगाउँछ भने यसले अस्पतालमा पुग्नेगरी हुने बिरामीको सम्भावनालाई रोक्न मद्दत गर्दछ।

डब्लूएचओले कोरोनाविरुद्धको खोपले कति समयसम्म सुरक्षा दिन्छ भनेर भने हालसम्म जानकारी हासिल गर्न नसकेको जवाफ दिएको छ। आगामी १२ महिना भित्र भने कुन खोपले मानिसलाई कति समयसम्म सुरक्षा दिन्छ भनेर थाहा पाउन सकिने उसको भनाइ छ।

डब्लूएचओ भन्छ,‘कोरोनाविरुद्ध धेरै खोपहरु बनेका छन्। सबै खोपको सुरक्षा क्षमता अलग–अलग हुनसक्छ। उदाहरणको लागि सिजनल इन्फ्लुइन्जा भ्याक्सिन हरेक वर्ष प्रयोग गरिन्छ किनभने यो भाइरसले रुप बदलिरहन्छ र धेरै महिनापछि खोपको सुरक्षा कम हुँदै जान्छ।’