डिप्रेसनबाट बच्न अपनाउनुस् यस्ता उपायहरु

डिप्रेसनबाट बच्न अपनाउनुस् यस्ता उपायहरु

हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ। तर कहिले काहीँ केही विशेष कारणले गर्दा मन यदि दुःखी भयो पीडा भयो भने त्यही दुःख , पिडाको को अवस्था लामो समयसम्म रहिरहनुलाई डिप्रेसन भन्न सकिन्छ। 

डिप्रेसन मानसिक समस्या हो । वंशाणुगत, वातवरणीय असर, कामको बोझ, सम्बन्धमा आएको अनेकौं समस्याका कारण डिप्रेसन देखापर्छ। डिप्रेसन विभिन्न उमेर समूहका व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ। बढी चिन्ता, पिर, डर, पिडा,दुस्ख जस्ता कारण भने यसका प्रमुख कारण हुन् । 

डिप्रेशनबाट मुक्त हुन अपनाउनुस् यी तरिका

–दैनिक कार्यमा आउने तनावलाई सकारात्मक रुपमा लिनुपर्छ।

–आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि कसरी समाधान गर्न सकिन्छ भन्ने सोच्नुपर्छ ।

–मनोरोगलाई भयानक रुपमा लिनु हुँदैन ।

–मानसिक समस्या भएको संकेत देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

–सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।

–निष्क्रिय जीवनशैलीलाई त्याग्नुपर्छ ।

–कार्यमा आइपर्ने तनाव कम गर्न, प्रयाप्त आराम र खानपानमा विषेश ध्यान दिनुपर्छ।

–गीत सुन्ने

–एक्लै नबस्ने

–नशालु चिजहरुबाट सँधै टाढै बस्ने 

–आफ्ना नजिकका साथीभाई, आफन्तसँग व्यथा पोख्ने