जिल्ला समन्वय समिति कञ्चनपुरले काठ तस्करीमा जनप्रतिनिधि पक्राउ गरिएको घट्ना सम्बन्धी जानकारी लिने भएको छ । बेदकोट नगरपालिका १० का वडा सदस्य डम्बर भट्ट केही दिन अघि अवैध काठ सहित पक्राउ गरिएका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले घर नजिक अवैध रुपमा गाडिएको काठ सहित वडा सदस्य भट्टलाई पक्राउ गरिएको थियो । अहिले उनी निकुञ्जको हिरासतमा छन् ।
समन्वय समितिका प्रमुख फैरु तामाङ्गले जनप्रतिनिधि तस्करीमा देखिनु दुुःखद भएकाले घट्नाको सत्यतथ्य बुझिने बताए । वडा सदस्य भट्टको घर नजिक गाडिएको अवस्थामा २१ दशमलव २२ क्युफिट काठ भेटिएको छ । बेदकोट नगरपालिकाले अहिलेसम्म यसबारे धारणा सार्वजनिक गरेको छैन ।