कैलालीमा निषेधाज्ञा थपिने नयाँ मोडालिटीको बारेमा छलफल हुदै

कैलालीमा निषेधाज्ञा थपिने नयाँ मोडालिटीको बारेमा छलफल हुदै

कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेपछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार असार पहिलो सातासम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको जनाएको छ ।  निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बनाउने तयारीमा स्थानीय प्रशासन छ ।

निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नका लागि छलफल भइरहेको सूचना अधिकारी जोशीले बताए । विद्यालय लगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा÷गोष्ठी, सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको प्रशासनले जनाएको छ ।

अहिले कैलालीमा   हप्ताको चार दिन पसल खोल्दै आईरहेका छन्  । प्रत्येक आइतबार, मंगलबार,विहीबार र शनिबार बिहान ७ बजेदेखि विहान १० बजेसम्म तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर खुल्ला हुदै आईरहेका छन् ।