दार्चुलामा निषेधाज्ञा खुकुलो बनाउदैँ १० दिन लम्बियो

दार्चुलामा निषेधाज्ञा खुकुलो बनाउदैँ १० दिन लम्बियो

दार्चुला । दार्चुलामा जारी निषेधाज्ञा लब्याइएको छ । आइतवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सिफारिश गरेबमोजिम असार १० गतेसम्म निषेधाज्ञा लम्बिएको हो । यसअघि जारी निषेधाज्ञा भोली राती १२ बजे सकिदैछ ।

जिल्लामा संक्रमण दर अझै धेरै नघटेको भन्दै असार १० गते राती १२ बजेसम्म लागू हुनेगरि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

उनका अनुसार बजार बिहान ६ बजेदेखि १० बजेसम्म र बैंक तथा वित्तिय संस्थाहरु बिहान ९ः३० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ ।

यसअघि जिल्लामा खाद्यान्न, तरकारी फलफूल, दुग्धजन्य पसल बिहान ४ घण्टा र बैंक तथा बित्तिय संस्थाहरुले बिहान २ घण्टा मात्रै सेवा दिइरहेका थिए । दार्चुलामा वैशाख २५ गतेदेखि निषेधाजा जारी रहेको थियो  ।