अछाम । अछाम जिल्लामा जारी निषेधाज्ञा थप ७ दिन लम्बिने भएको छ। कोरोना संक्रमण रोकथाम नभएको भन्दै निषेधात्रा अवधि लम्ब्याइएको हो ।
जिल्ला सुरक्षा समितिको आइतबार आज बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र अछामको सिफारिसअनुसार सो निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्ध मल्लले जेठ ३१ गते राति १२ बजेदेखि लागुू हुनेगरी आसार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जानकारी दिए ।
जिल्लामा भारतबाट आउनेको संख्या नघटेका कारण कोरोना संक्रमणको दर बढिरहेका कारण निषेधाज्ञा लम्ब्याइएको हो ।