भिजाएको काँचो चना खानुका यस्ता छन् फाइदाहरु

भिजाएको काँचो चना खानुका यस्ता छन् फाइदाहरु

चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ । यस्ता छन् भिजाएको काँचो चना खानुका फाइदाहरु। 

-रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

-भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ ।

-पटक पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ रु यदि त्यसो हो भने नियमित रुपमा रहेक बिहान भिजेको चना खाने गर्नुस् ।

-रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।

-रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।

-एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ ।

-भिजाएको चना नियमित खानाले शरीरमा मेटाबोलिज्म अर्थात् उर्जाको दहन तिब्र बन्दछ । जसका कारण रगतमा चिनीको मात्रा नियन्त्रण हुने र मधुमेहबाट जोगिन सहयोग पुग्दछ ।

-छालालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाद, धब्बा जस्ता समस्या कम गर्नका लागि पनि नियमित रुपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ ।

-हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् । यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ ।भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ ।