अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

कोपा अमेरिका २०२१ मा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको छ । मंगलबार बिहान सकिएको खेलमा अर्जेन्टिना चिलीसँग १-१ को बराबरीमा रोकिएको हो ।

अर्जेन्टिनालको लागि कप्ता लियोनेल मेस्सीले गोल गरे भने चिलीका लागि एडुआर्डो भार्गासले गोल गरेका थिए ।

अर्जेन्टिनाले अग्रता लिएपनि जोगाउन सकेन । खेलको ३३ औं मिनेटमा मेस्सीको फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । झन्डै २० यार्ड टाढाबाट मेस्सीले गरेको फ्रिकिक प्रहार गोलरक्षक क्लाउडियो ब्राभोले रोक्न सकेनन् ।

अर्जेन्टिनाले पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा भने जोगाउन सकेन । ५७ औं मिनेटमा चिली खेल बराबरी गर्यो । पेनाल्टी क्षेत्रभित्र निकोलस टाग्लियाफिकोले आर्टुरो भिडाललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

भिडाल आफैंले गरेको पेनाल्टीलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेपनि रिबाउन्डमा एडुआर्डो भार्गास गोल गर्न सफल भएका थिए ।

योसँगै समूह ए मा रहेको अर्जेन्टिना र चिलीले १-१ अंक जोडेका छन् ।