कैलालीमा आजदेखि समय तोकेर सबै पसल खुला, यो समयमा मात्रै खोल्न पाइने ?

कैलालीमा आजदेखि समय तोकेर सबै पसल खुला, यो समयमा मात्रै खोल्न पाइने ?

धनगढी । कैलालीमा प्रशासनले समय तोकेर आजदेखि सबै पसल खुला गर्न अनुमति दिएको छ । कोरोना संक्रमण दर कम भएसँगै प्रशासनले निषेधाज्ञा खुकुलो पारेको हो ।

प्रशासनले जारी गरेको आदेशमा बैंक तथा वित्तीय संस्था बिहान ८ देखि मध्याह्न १२ बजेसम्म, खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेडर, भाडा–वर्तनका पसल, पुस्तक पसल, कपडा तथा फेन्सी पसल र सिलाइकटाइ गर्ने पसललाई बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

यस्तै, वर्कसपहरुमा बढीमा तीनजना कामदार राखेर बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । होटेल, रेस्टुरेन्ट, खाजा र चियापसल बन्द गर्ने तर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ८ देखि बेलुकी ८ बजेसम्म होम डेलिभरी तथा टेक अवे सेवा सञ्चालन गर्न दिइएको छ ।