युरो कप २०२० : अन्तिम १० मिनेट भित्र हङ्गेरीबिरुद्ध ३ गोल गरेर पोर्चुगलले रच्यो किर्तिमान

युरो कप २०२० : अन्तिम १० मिनेट भित्र हङ्गेरीबिरुद्ध ३ गोल गरेर पोर्चुगलले रच्यो किर्तिमान

 यूरोकप २०२० अन्तर्गतको खेलमा पोर्चुगलले एकै खेलबाट दुई किर्तिमान बनाएको छ । गएराति भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई ३-0 गोलले पराजित गर्दा एकै खेलबाट २ किर्तिमान बनेको हो ।

उसले हङ्गेरीलाई अन्तिम १० मिनेटभित्र गोल गर्न सफल भएको हो । हङ्गेरी बिरुद्ध पोर्चुगलले ८४, ८७ र अतिरिक्त समयमा गोलग गर्न सफल भएको हो । योसँगै पोर्चुगल युरो कपमा अन्तिम १० मिनेटमा ३ गोल गर्ने पहिलो देश बनेको छ ।

क्रिष्टियानो रोनाल्डोले पनि हङ्गेरी बिरुद्धको खेलमा आफ्नो नयाँ किर्तिमान रेकर्ड बनाएका छन् । उनले पोचुगलको लागि २ गोल गरेका थिए । उनको २ गोल सँगै युरो कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडि बनेका छन् । उनको युरो कपमा गएराति १० औँ र ११ औं गोल गरेका छन् । यसअघि युरो कपमा सबैभन्दा धेरै गोल गर्ने मिसेल प्लाटिनी रहेको थिए । उनको नाममा ९ गोल रहेको थियो । यो किर्तिमानलाई रोनाल्डोले तोडेका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय गोलमा पनि रोनाल्डोको १०६ गोल पुगेको छ । उनले अनतराष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने अली देइलाई पनि पछ्याइ रहेका छन् । देईको अन्तराष्ट्रिय गोल संख्या १०९ रहेको छ ।