सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ८७ नमूना परीक्षण गर्दा ८  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा  १३  जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।जसमध्ये  १ जना भेन्टिलेटर ,११ जना आइसियूमा, १ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।  

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने  ४ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा कसैको कोरोनाका कारण मृत्यु नभएको अस्पतालले जनाएको छ