टीकापुरमा चार हात, चार खुट्टा भएको अनौठो बच्चा जन्मियो

टीकापुरमा चार हात, चार खुट्टा भएको अनौठो बच्चा जन्मियो

टीकापुर : टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ । जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन ।

नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले राति ११ बजेतिर शिशु जन्मिएको बताए ।

नवजात शिशु जिवितै रहेको अस्पतालले जनाएको छ । परिवारका अनुसार आमालाई सोमबार दिउसो ३ बजे व्यथा लागेको थियो। उनलाई राति १० बजे मात्रै अस्पताल पु¥याईएको थियो।

अस्पताल पु¥याएको केही समयमा नर्मल डेलिभरी भएको डा. खनालले जानकारी दिए। यो उनको पहिलो सन्तान हो। -नागरिकबाट