सुदूरपश्चिम प्रदेश सरकारले बजेट वितरण गरिएका योजनाको लेखा समितिले अनुगमन गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले  बजेट वितरण गरिएका योजनाको लेखा समितिले अनुगमन गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको अन्तमा बजेट वितरण गरिएका योजनाको प्रदेशसभाको सार्वजनिक लेखा समितिले अनुगमन गर्ने भएको छ ।

बुधबार बसेको प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठकले आर्थिक वर्षको अन्तमा भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वितरण गरेका योजनाको अनुगमन गर्ने निर्णय गरेको हो ।

लेखा समितिका सचिव प्रेम कटेलले दुवै मन्त्रालयले आर्थिक वर्ष सकिने बेला बजेट रकमान्तर गरेर योजनावितरण गरेका कारण स्थलगत अनुगमन गर्ने निर्णय गरिएको जानकारी दिए । बैठकमा सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको भन्दै परेका उजुरीमाथि समेत छलफल भएको थियो ।