सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीद्धय खड्का र जोशी द्वारा त्रिनगर होल्डिङ सेन्टरको निरीक्षण

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीद्धय खड्का र जोशी द्वारा त्रिनगर होल्डिङ सेन्टरको निरीक्षण

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् ।

भारतबाट आउने र जानेहरूका लागि सहजता ल्याउन बनाइएको सो होल्डिङ सेन्टर अझ व्यवस्थित बनाउन मन्त्रीद्धयले पहल गर्ने बताएका छन् । कोरोना महामारी सुरु भएपछि सो सेन्टर बनाइएको थियो ।

होल्डिङ सेन्टरमा माटो भर्ने लगायतका काम गरेर अझ व्यवस्थित बनाउन तत्काल सुरु भएको मन्त्री खड्का स्वकीय सचिव भुवन बडूवालले बताए ।

सो अवसरमा सीमामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई काम गर्न सजिलो बनाउन दुई वटा गाडी (जिप ) दिने पनि जानकारी गराइएको थियो ।