युरोकपः आज समूह चरणका ३ खेल हुँदै

युरोकपः आज समूह चरणका ३ खेल हुँदै

जारी युरोकप अन्तर्गत आज तीन खेल हुँदैछ । आजका तीन खेलमध्ये एक खेल समूह ‘बी’ र बाँकी दुई खेल समूह ‘सी’का हुनेछन् ।

आजको पहिलो खेल समूह सी को युक्रेन र नर्थ मेसेडोनियाबीच रोमानीयाको बुखारेटमा रहेको नेशनल एरेनामा साँझ ६ः४५ देखि सुरु हुनेछ ।

पहिलो खेलमा पराजित रहेका दुवै टोली आज जित निकाल्दै अंक जोड्न संघर्षरत हुनेछन् । यस्तै, दोस्रो खेल डेनमार्कको कोपनहेगनमा बेल्जियम र डेनमार्कबीच हुनेछ । नेपाली समयअनुसार यो खेल राति ९ः४५ मा सुरु हुनेछ ।

पहिलो खेलमा जित निकालेको बेल्जियमले डेनमार्क पराजित गरि अन्तिम १६ को यात्रा सुरक्षित गर्न प्रयासरत हुनेछ । आजको अन्तिम खेलमा यसअघि खेलेको खेलमा जित दर्ता गरेका नेदरल्याण्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । यस खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

नेदलरल्याण्ड्सको घरेलु मैदान जोहान क्रस एरेनामा दुवै टोली अन्तिम १६ का लागि दाबी बलियो बनाउन प्रतिस्पर्धा गर्नेछन् ।