कोपा अमेरिका : पेरुमाथि ब्राजिलको सानदार जित

कोपा अमेरिका : पेरुमाथि ब्राजिलको सानदार जित

कोपा अमेरिकामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गरेको हो ।

ब्राजिललाई सानदार जित दिलाउनको लागि एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक(एक गोल गरे । ब्राजिलले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफ तीन गोल गरेका गरेको थियो ।

खेलको १२ औँ मिनेटमा एलेक्स सान्द्रोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएको थिए । उनले गाब्रियल जेससको पासमा गोल गरेका थिए ।

६८औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । उनले फ्रेडको पासमा गोल गरेका थिए । ब्राजिलका लागि उनको यो ६८औं गोल हो ।

खेलको ८९ औँ मिनेटमा एभर्टन रिबेइरोले गोल गर्दै ब्राजिललाई ३-० ले अगाडि बढाए । उनले रिचार्लीसनको पासमा गोल गरेका थिए । उनले ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० सानदार जित दिलाए ।

समूह ‘बी’ मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ। दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ।