गत आईतबार धनगढी चौराहामा मोटरसाईकल दुर्घटनामा परेका अर्का एक जनाको मृत्यु भएको छ ।आइतबार साँझ चटकपुरबाट भन्सार तर्फ गइरहेको से ५ प २६७१ नम्बरको मोटरसाईकलले ट्राफिक चौराहामा दुई साईकललाई ठक्कर दिँदा ४ जना घाइते भएका थिए।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २२ वर्षीय मोहन प्रशाद जोशीको मृत्यु भएको छ ।शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
यस अघि दुर्घटनाकै दिन साईकल यात्री कैलालीको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको थियो ।
यस्तै मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २२ वर्षीय वर्षीय माधव प्रशाद भट्ट गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको जनाएको छ । एक जना साईकलयात्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।