साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश !

साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश !

यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको पूर्वप्रधानन्याधीशको हो ।

उनी हुन्, प्रधानन्यायधीश दामोदर शर्मा । जो प्रधानन्यायधीशबाट बर्हिगमनपछि साधु बने । तत्कालीन प्रधानन्यायाधीश उनी हाल बाबाको रुप धारण गरेका छन् ।

बाबा प्रधानन्यायाधीशका रूपमा परिचित उनी सर्वोच्चको २३ औं प्रधानन्यायीश हुन् । २०७० चैत्र २७ देखि ७१ असोज २३ सम्म प्रधानन्यायधीशको भूमिका निर्वाह गरेका उनी पछि पछि रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र प्रधानन्यायधीश र हाल चोलेन्द्र शमशेर जबरा प्रधानन्यायधीश रहेका छन् ।

May be an image of 1 person

तर, एउटा रोचक प्रसंग छ– हाल प्रधानन्यायधीश रहेका जबरालाए उनी नेतृत्वको न्यायपरिषदले कारबाहीबाट उन्मुक्ति दिएको थियो ।

१ चैतमा प्रधान न्यायाधीश खिलराज रेग्मी संविधानसभाको निर्वाचन गराउने सर्तमा अन्तरिम चुनावी मन्त्रीपरिषदको अध्यक्ष बनेपछि शर्मा प्रधान्यायाधीश बनेका थिए ।

२०७१ जेठसम्म कार्यकाल भएका रेग्मी अध्यक्ष बनेर सिंहदरबार छिरेपछि उनको विरासत स्वभाविक रुपमा बरिष्ठतम् न्यायाधीश दामोदरप्रसाद शर्मामा सरेको थियो । जम्मा ६ महिना प्रधानन्यायधीश बनेका उनै शर्मा अहिले भारतमा सन्यासी जीवन बिताइरहेका छन्