कञ्चनपुरमा कोरोना सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण

कञ्चनपुरमा कोरोना सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण

 होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्देश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ।

कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलव्ध गराइएको हो। वितरण गरिएका किटको मूल्य झण्डै १२ लाख बढी रहेको एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताए। 
“कोरोना सङ्क्रमितको सामान्य स्वास्थ्य जाँच गर्न सहज र थप वल पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गरेका छौं”, उनले भने, “कोभिड संक्रमण भई घरमै होम आइशोलेसनमा बस्दै आएका बिरामीहरुका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्युनतम मापदण्ड अनुरुप आइसोलन तथा सरसफाई किट वितरण गरिएको छ ।”  

सबै पालिकामा करिब ३९८ थान किट  वितरण गरिएको छ। रेडक्रसका प्रतिनिधि र परियोजना कर्मचारीले स्थानिय तहका कार्यालयमै पुगेर सामग्री हस्तान्तरण गरेका छन्। 

महाकाली अस्पतालको ओपिडी सेवा सञ्चालन हुने 

महाकाली प्रादेशिक अस्पतालको लामो समय देखि बन्द रहेको ओपिडी सेवा सञ्चालन गरिने भएको छ।

कोरोना सङ्क्रमण बढेसंगै बन्द गरिएको ओपिडी सेवा आइतवार देखि सञ्चालनमा आउन लागेको हो। अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए। 

उनका अनुसार सामाजिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिईने छ।