पहिरोमा पुरिएर बझाङमा ६० वर्षीया बृद्धको मृत्यु

पहिरोमा पुरिएर बझाङमा ६० वर्षीया बृद्धको मृत्यु

बझाङ जिल्लामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जिल्लाको तलकोट गाउँपालिका–६ रजाडामा पहिरो खस्दा ६० वर्षीया सुना दमाईको शुक्रबार ज्यान गएको हो ।

धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसेपछि पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताए ।