बझाङमा भिरवाट लडेर एक जना बेपत्ता

बझाङमा भिरवाट लडेर एक जना बेपत्ता

बझाङमा भिरवाट लडेर एक जना बेपत्ता भएका छन्। जिल्लाको दुर्गाथली गाउँपालिकाका–३ का ४० वर्षीय मीनबहादुर धामी धउलावन भीरबाट लडेर बेपत्ता भएका हुन्।

उनी असार ३ गते बेलुका ६ बजे जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा भीरबाट लडेका थिए। उनलाई अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले बताएको छ।

उनको खोजीमा अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ। निकै अफ्ठ्यारो भिर भएकाल समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।