डडेल्धुरामा निर्माण सामग्रीको मूल्यवृद्धि

डडेल्धुरामा निर्माण सामग्रीको मूल्यवृद्धि

कोरोना सङ्क्रमण र निषेधाज्ञाले डडेल्धुरामा सिमेन्ट, सरिया, इँटा, ग्याभिनलगायत फलामे सामग्रीहरू, कर्कट पाता, पाइप तथा सेनेटरी जस्ता सामग्रीको मूल्य ३० प्रतिशतभन्दा बढी मुल्यबृद्धि भएको छ।

खरीद मूल्य र ढ्वानी बढेकाले मूल्यबृद्धि भएको स्थानीय हार्डवेयर व्यवसायी यक्षराज पाण्डेयले बताए। निर्माण सामग्रीमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा निर्माण व्यवसायीहरु मर्कामा परेका छन्।