बैतडीको पञ्चेश्वरमा पहिरोबाट ७ परिवार विस्थापित

बैतडीको पञ्चेश्वरमा पहिरोबाट ७ परिवार विस्थापित

लगातारको वर्षाका कारण बैतडीको पञ्चेश्वर गाउँपालिका–२ को गैरटोलमा पहिरो खस्दा ७ परिवार विस्थापित भएका बताईएको छ ।

शनिबार बिहान पहिरो खस्दा स्थानीय कृष्णराम औजीको घर पूर्णरुपमा क्षतिग्रस्त भएको वडा अध्यक्ष दशरथ मंगोलाले जानकारी दिए ।

बस्तीमाथिबाटै पहिरो खसेपछि जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका उनले बताए।