शनिबार सेतीमा गरिएको परिक्षणमा १४ जनामा कोरोना पुष्टि

शनिबार सेतीमा गरिएको परिक्षणमा १४ जनामा कोरोना पुष्टि

शनिबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४९ नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार कैलालीका १४ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये २ जना भेन्टिलेटर ११ जना आइसियूमा, ४ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने २ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।