डोटीमा ढुंगा लागेर एक जना घाईते

डोटीमा ढुंगा लागेर एक जना घाईते

 ढुंगा लागेर डोटीमा एक जना घाईते भएका छन् । शनिवार जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैन बस्ने गोरख लुहारका ११ वर्षीय छोरा दिपक वि.क पहिरोबाट खसेको ढुंगा टाउकोमा लाग्दा घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लका अनुसार बाख्रा चराउन गएका बेला माथिबाट पहिरो आउँदा पहिरोबाट खसेको ढुंगा टाउकोमा लाग्दा विक घाईते भएका हुन् ।

घाईते भएका विकलाई उपचारको लागि सुजंङ्घ अस्पताल राजपुरमा लगिएको र त्यँहा उपचार सम्भव नभएपछि थप उपचारका लागी धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।