कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ परेका छन । जिल्लाको बेलडाडी गाउँपालिका–२ चवन्नी बजारबाट म३प ६७७ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिकाको वडा नम्बर ५ बस्ने २४ वर्षीय अनिल राना र २४ वर्षकै जन्मकुमार राना शुक्रबार पक्राउ परेका हुन्।
उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन १ ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको उनले बताए।