धनगढी–अत्तरिया ६ लेन सडकमा गुडिरहेको स्कुटी चिप्लिएर दुर्घटना हुँदा २ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका ५ गेटामा शनिबार दिउँसो म २ प ४० नम्बरको गुडिरहेको स्कुटी चिप्लिदा २ जना घाइते भएका हुन्। घाईते हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २२ बर्षीया हेमा रावत र सोही ठाँउकी २३ बर्षीय कमला खत्री रहेको जनाएको छ ।
धनगढीदेखि अत्तरिया तर्फ जाँदै गरेको २ जना महिला सवार सो स्कुटी चिप्लिएर सडकको नालीमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
स्कुटर चालक रावल अवस्था गम्भिर रहेको छ भने उनको अहिले धनगढीको निसर्ग हस्पिटलमा उपचार भईरहेको भने पछाडी सवार खत्रीको अवस्था सामान्य रहेको र उनको नोभा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिए।