धनगढीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपलिका ३ बोराडाँडीमा शनिबार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कञचनपुरको शुक्लाफाँटा १० झलारीस्थित एला आयुवेदाका सञ्चालक रामबहादुर साउँदको मृत्यु भएको हो।
अत्तरियाबाट धनगढी आइरहेको म १ ब ९६६८ नम्बरको टिप्परले से १ क ६८२ नम्बरको मोटरसाइकलमा सवार साउँदलाई ठक्कर दिँदा उनी घाइते भएका थिए।
घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।