टेकेन्द्र रोकायको नयां गीत “मलाइ त तै सुवा मन पडि” भिडियो सहित सार्बजनिक भएको छ।
उक्त गीतमा लोक प्रिय गायक टेकेन्द्र रोकाय र सबैको लोक प्रिय देउडा गायिका रेखा जोशीको आबाजमा रहेको गीतमा बसन्त चन्दको शब्द रहेको छ । गीत लाइ केशब बडुले एरेन्ज गरेका छन् । बिक्रम चोहानको निर्देशन रहेको भिडियोमा नबराज बराल अर्नभी ढुङगाना बिक्रम चोहान ले अभिनय गरेका छन् ।
प्रकाश खड्काको छायाँकन रहेको भिडियो मिलन बिस्वकर्माले सम्पादन गरेका हुन् ।गीतले सुदुर र कर्णालि प्रदेशका हरेक पर्यटन स्थललाई समेटियको छ।