हेलम्बु गाउँपालिकाको आग्रह- ‘७५ प्रतिशत पहिरो जान सक्छ, सावधानी अपनाऔँ’

हेलम्बु गाउँपालिकाको आग्रह- ‘७५ प्रतिशत पहिरो जान सक्छ, सावधानी अपनाऔँ’

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले २५ प्रतिशत पहिरो गएको र अझैँ ७५ प्रतिशत बाँकी रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

शनिबार वातावरणविद् रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले जारी गरिएको विज्ञप्तिमार्फत् सबैलाई सावधानी अपनाउ आग्रह गरिएको छ ।

मेलम्ची खोलामा बाढी आउनुको मुख्य कारण गाउँपालिकाको वडा नम्बर १ स्थित भेमाथाङ चौरमा गएको पहिरा रहेको खुलेको जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त चौरमा हाल २५ प्रतिशत मात्र पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जानसक्ने भन्ने हालसम्म यकीन नभएकोले थप बाढी आउन सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउन जानकारी गराइन्छ ।’

असार १ गते मेलम्ची खोलामा आकस्मिक बाढी आउनुको स्पष्ट कारण नखुलिरहेको अवस्थामा गाउँपालिकाले यस्तो जानकारी पनि जनाएको छ ।