काँग्रेस नेता तथा पूर्व राज्यमन्त्री विष्टको निधन

काँग्रेस नेता तथा पूर्व राज्यमन्त्री विष्टको निधन

नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ ।
नेपाली काँग्रेस सुर्खेतका पूर्व जिल्ला सभापति समेत रहेका विष्टलाई झण्डै १० दिन अगाडि उपचारका लागि काठमाडौ ल्याइएको थियो ।

६० बर्षिय विष्टलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको थियो । गत २०७४ सालमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सूचना तथा संचार राज्यमन्त्री रहेका थिए ।

उनी संविधान सभा सदस्य रहेका थिए भने पूर्व जिविस उपसभापति समेत थिए ।