सेती अपडेट : ३ जनामा संक्रमण,७ जना कोरोनामुक्त

सेती अपडेट : ३ जनामा संक्रमण,७ जना कोरोनामुक्त

धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट आइतबार ७ जना कोरोनामुक्त भएका छन् भने ३ जना अस्पताल भर्ना भएका छन् । अस्पताल सेती प्रयोगशालामा कसैको पनि कोरोना परिक्षण नगरेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा  १६  जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।जसमध्य २ जना भेन्टिलेटर ९ जना आइसियूमा, ५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।