कैलालीको लम्कीचुहा नगरपालिका द्धारा आर्थिक बर्ष २०७८/०८९ को लागि प्रस्तुत निति तथा कार्यक्रम नगर सभाबाट पारित भएको छ । नगरको समृद्धिः 'कृर्षि सड्क पुर्बाधार, स्वास्थ्यमा प्राथमिकताः शिक्षा र रोजगार 'भन्ने मूल नाराका साथ लम्कीचुहा नगरपालिकाको आईतबार भएको आठौ नगर सभाको पहिलो बैठकमा प्रस्तुत निति तथा कार्यक्रम नगर सभाबाट पारित भएको हो ।
आठौं नगर सभाको पहिलो बैठकमा नगर प्रमुख महादेव बजगाईले आगामि आर्थिक बर्ष २०७८/०८९ को निति तथा कार्यक्रम समेत प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाकाले आगामि आर्थिक बर्षका लागि नगर गौरबका आयोजना लाई क्रमागत विकासमा अगाडि बढाउने निति लिएको छ । निमार्णाधिन नगरका ठुला तथा मझौला खाले योजनालाई निरन्र्तता दिईने निति लिएको छ ।
आगामि बर्षको बजेट बनाउदा नगरको समृद्धिलाई केन्द्रमा राख्दै कृर्षि सडक, पुर्बाधार निमार्ण, स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकतामा राखेर बजेट बनाउने निति लिएको छ । कोभिड १९ महामारीका कारण आर्थिक बर्ष २०७७ / ०८८ मा अधुरा रहेका योजनाहरु पुरा गर्ने नगर प्रमुख महादेव बजगाईले प्रतिबद्धता गर्नु भएको छ । आगामि बर्षमा पर्यटन, सांस्कृतिक, यातायात, नदीकटान, जनजाती, दलित, लक्षितबर्ग, अपागं, धार्मिक पर्यटन क्षेत्रको विकासका लागि समेत प्राथमिकता राखिने बताउनु भयो ।
कृर्षिमा आधुनिकीकरणका कार्यक्रमलाई आउने बजेटमा प्राथमिकताका साथ अगाडि बढाउने नगर प्रमुख महादेब बजगाईले बताउनु भयो । स्वास्थ्यको क्षेत्रमा सबै नागरबासिलाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन समेत बिभिन्न कार्यक्रमहरु न्गरपालिकाले समेटने प्रयास गरेको छ । प्रस्तुत निति तथा कार्यक्रम पारित भए संगै नगरको आठौ नगरसभाको अर्को बैठक असार १० गते बिहान १० बजे बस्ने गरी स्थगित गरीएको छ ।