मुलुकभर २,४४२ जना नयाँ संक्रमित थपिए, ५१ को मृत्यु

मुलुकभर २,४४२ जना नयाँ संक्रमित थपिए, ५१ को मृत्यु

 मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ जनाको आरटी पीसीआर परीक्षण गर्दा १ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ४ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जना संक्रमितहरुले स्वास्थ्यलाभ गरेका छन्, भने ५१ जना संक्रमितको मृत्यु भएको छ ।