कैलाली अस्पतालमा आइसियु र एनआसियु सेवा सुरु

कैलाली अस्पतालमा आइसियु र एनआसियु सेवा सुरु

धनगढी । सुदूरपसिश्चमको अस्थायी राजधानी धनगढीमा अवस्थित कैलाली अस्पतालले आइसियु र एनआसियु सेवा सञ्चालनमा ल्याएको छ । 

कैलाली अस्पताल प्रा.लिले पत्रकार सम्मेलनको आयोजना गर्दै ५ बेडको एनआईसियु र ८ बेडको आइसियु सेवा सुचारु गरेको जानकारी दिएको  हो । 

कैलाली अस्पतालका संस्थापक जनकराज जोशीले अब कैलाली अस्पतालमै अन्य अस्पतालको तुलनामा सस्तो र सुलभ आइसियु र एनआसियु सेवा मार्फत उपचार पाउने जानकारी दिनुभएको छ । 

साथै यही असार १ गते मङ्गलवारबाट कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै अस्पतालले प्रदान गर्ने सम्पूर्ण स्वास्थ्य सेवाहरू नियमित दिइरहेको समेत अस्पतालले जनाएको छ । 

विगत लामो समय देखी कैलाली अस्पतालले विभिन्न बिरामीहरूलाई सस्तो सुलभ अनि विश्वसनीय स्वास्थ्य सेवा दिँदै आइरहेको छ ।