आइतबार स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक आज (सोमबार ) बस्ने

आइतबार स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक आज (सोमबार ) बस्ने

आइतबार स्थगित भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक आज (सोमबार ) बस्ने भएको छ ।

प्रदेश सरकारले बजेट एवम् योजना तुर्जमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा स्थगित भएको प्रदेशसभाको बैठक आज दिउसो ३ बजे बस्ने भएको हो ।
आइतबार दिउँसो ३ बजे आह्वान गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल हुने कार्यसूची थियो । तर, प्रदेश सरकारले बैठकमा ‘रातो किताब’ नै उपलब्ध नगराएपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए ।
प्रदेश सरकारले बैठकमै रातो किताब वितरण गर्ने तयारी गरेको थियो ।

तर, प्रदेशसभा सदस्यहरूले किताबको अध्ययन नगरी छलफल हुन नसक्ने बताएपछि सोमबार दिउँसो तीन बजे बस्ने गरी आइतबार बैठक स्थगित गरिएको हो । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८(७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।