नेपाली सेनाका जवानले आफैलाई गोली हाने

नेपाली सेनाका जवानले आफैलाई गोली हाने

नेपाली सेनाका जवानले व्यारेकभित्रै आफैंलाई गोली हानेका छन् । वीरगञ्ज ब्यारेकमा कार्यरत पर्साको पोखरिया नगरपालिका –७ सतवरियाका श्यामबाबु प्रसाद चौहानले आइतबार राति आफैंलाई गोली हानेका हुन् ।

पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार गोली उनको चिउडोबाट छिरेर आँखा नजिकैबाट निस्किएको छ । लापरबाहीले घटना घटेको हो वा आत्महत्या प्रयास हो भन्ने बारेमा अनुसन्धानपछि नै थाहा हुने उनले बताए ।

चौहानको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । उनको अवस्था अहिले पनि गम्भीर रहेको बताइएको छ । उपचारका लागि उनलाई काठमाडौँस्थित आर्मी अस्पताल ल्याउने तयारी भइरहेको छ ।