कैलालीका ४ जनप्रतिनिधि पदमुक्त

कैलालीका ४ जनप्रतिनिधि पदमुक्त

 नेकपा माओवादी केन्द्रले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै कैलालीका ४ जनप्रतिनिधि सहित देशभरका १४ जना लाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकबाट यो निर्णय भएको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए ।

कैलालीमा पदमुक्त हुनेमा कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटा,गौरीगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भागिरथी विष्ट,गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरन बि।सी रहेका छन् । यस्तै पदमुक्त हुनेमा रौतहटका प्रमुख र उपप्रमुख गरी ७ जना जनप्रतिनिधि , सिराहाका,ओखल्ढंगाका र मोहत्तरीका १र१ जना जनप्रतिनिधि रहेका छन् ।