कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार असार १४ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ । अब सो अवधिमा सबै प्रकारका गोष्टी,सम्मेलन, तालिम,सेमिनार,पुस्ताकालय,संग्रालय,सिनेमा हल,दर्शक सहितको खेलकुद ,मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने जनाएको छ ।
यस्तै स्वास्थ्य सेवा,दुध डेरी,पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय बाहेक अन्य पसल व्यवसाय बिहान ६ बजे देखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ । निर्माण सामग्री तथा मालसामान ढुवानी, एम्बुलेन्स, दमकल, शव वाहन, सरसफाइ तथा अनुमति प्राप्त साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारीबाट आदेश जारी भएको छ ।
उद्योग, निर्माण तथा कृषि कार्य जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ । विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी सम्बन्धित क वर्गको इलाका प्रहरी कार्यालयबाट अनुमति तथा पास जारी गर्ने भनिएको छ । यद्यपि विवाह तथा व्रतबन्धका लागि होटेल तथा पार्टी प्यालेस प्रयोग गर्न नपाइने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।
यस्तो छ सिडिओको आदेश :-