किशोरी बलात्कार आरोपमा २३ वर्षीय युवक पक्राउ

किशोरी बलात्कार आरोपमा २३ वर्षीय युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईं रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार धुलिखेलकै १५ वर्षीय किशोरलाई ललाइफकाई घुम्न जाउँ भनी सँगै लिएर आएको र खाजा नास्ता खाउँ भनी गेष्ट हाउसमा लगेर डर देखार बलात्कार गरेको बताएकी प्रहरीको भनाइ छ।

यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो ।

उनको वयानको आधारमा उनकी आमाले महानगरीय प्रहरी वृत्तमा किटानी जाहेरी दिएको र सोही आधारमा चौलागाईंलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ