कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
यस्तै सार्वजनिक यातायात, सभा सम्मेलन, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइने कैलाली प्रशासनले जनाएको छ । असार ८ गतेदेखि भने स्वास्थय मापदण्ड अपनाएर सरकारी कार्यालय सञ्चालन गर्ने समेत निर्णय भएको सूचना अधिकारी जोशीले जानकारी दिए । बिहान ११ बजे सम्म खुल्ला रहदै आएका सबै पसल यथावत सञ्चालन गर्न सकिने समेत जनाएको छ ।
कैलालीमा जारी निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा लम्वाउने निर्णय भएको सूचना अधिकारी जोशीको भनाई छ । अबको केहि समयमै प्रमुख जिल्ला अधिकारीकाट सो आदेश जारी हुने उनले बताए । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएको हो।