कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहितलाई अभद्र व्यवहारमा मुद्दा चलाइने तयारीसहित थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालयबाट उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।
संग्रौलासँगै पक्राउ परेका बाँकी दुईजनालाई पनि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।प्रहरीले दिएको जानकारीअनुसार उनलाई अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिने भएको छ ।
कुटपिट गरेको अभियोगमा संग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।