कतारमा विश्वकपः हेर्न जानका लागि कोरोनाविरुद्धको खोप अनिवार्य

कतारमा विश्वकपः हेर्न जानका लागि कोरोनाविरुद्धको खोप अनिवार्य

 कतारमा विश्वकपः हेर्न जानका लागि कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको छ । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले विश्वकप फुटबल हेर्न आउने दर्शकले अनिवार्य कारोनाविरुद्धको खोप लगाउनु पर्ने भएको छ ।

कतार सरकारले सन् २०२२ को विश्वकप फुटबल हेर्न आउने दर्शकले कोरोनाविरुद्धको खोप लगाएर आए मात्र प्रवेश गर्न दिने जनाएसँगै खोप लगाएकाले मात्र स्टेडियममा प्रवेश पाउने भएका हुन् ।

जसका लागि आगामी वर्ष हुने विश्वकप फुटबल सुरुवात हुनु अगावै अधिकतम देशले आफ्ना नागरिकलाई खोप लगाइसकेको हुनुपर्ने कतारका खेलकुदमन्त्री सेख खालिद बिन अब्दुलअजिज अल थानीले बताए । उनले भने, ‘खोप नलाएका दर्शलाई हामी स्टेडियममा प्रवेश गर्न दिदैनौँ ।’

२०२२ को नोभेम्बर २१ देखि विश्वकप सुरु हुने कतारमा हालसम्म कोरोनाका कारण २ लाख २० हजार ८ सय कोरोना संक्रमित भएका छन् भने ५८५ को मृत्यु भएको छ ।